कोशी सरकारविरुद्द परेको रिटको सुनुवाइ स्थगित

शुक्रबार, भदौ १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । कोशी सरकारविरुद्द परेको रिटको सुनुवाइ स्थगित भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा उक्त रिटको सुनुवाइ परेपनि न्यायाधीश खतिवडाले प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेकाले आजको सुनुवाइ हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित भएको हो ।  

कोशी प्रदेश नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले गत भदौ ४ मा प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा बैठकको अध्यक्षता गरेकाको मत लिनु गैरसंवैधानिक हुने दाबीसहित  सर्वोच्चमा रिट दिएका थिए।

सर्वोच्चले भदौ ७ मा उक्त रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश खतिवडाको इजलासले प्रदेश सभा बैठकको अध्यक्षता गरेको व्यक्तिले विश्वासको प्रस्तावमा मत दिनु असंवैधानिक भएको भन्दै दीर्घकालीन र नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १४:४४
प्रतिक्रिया दिनुहोस्