जंगली च्याउ खाएर एकै परिवारका दाजुबहिनीको मृत्यु

शुक्रबार, भदौ १५, २०८०
Neuro hospital Nepalgunj

बझाङ ।  विषालु च्याउ खाएर एकै घरका दाजुबहिनीको मृत्यु भएको छ ।

बझाङमा जंगली विषालु च्याउ खाएर जयपृथ्वी नगरपालिका-६ नौरास्थित  ७ वर्षीया बहिनी एन्जिला कठायत र १२ वर्षीय दाजु सुदीप कठायतको मृत्यृ भएको बझाङ प्रहरीले जानकारी दिएको छ ।

जंगली च्याउ खाएकी उनीहरुकी आमाको उपचार भइरहेको छ। परिवारका अर्का एक छोरी र बुबा घरमा नभएका कारण उनीहरु विषालु च्याउ खानबाट जोगिएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्