प्रस्तावित न्यायाधीश शर्माविरुद्ध १० दिने उजुरी आह्वान

शुक्रबार, भदौ १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ । 

आज बसेको समितिको बैठकले प्रस्तावित न्यायाधीश शर्माविरुद्ध १० दिनको म्याद राखेर उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

न्याय परिषदको बैठकले शर्मालाई यही भदौ १० गते न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

शर्माको नाम गत वर्ष भदौमा सिफारिस भएपनि संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि नबढेको हो । 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्