अहिलेकै प्रधानमन्त्रीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं : पर्यटनमन्त्री

शुक्रबार, भदौ १५, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताएका छन् ।

मन्त्री किराँतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आबश्यक रहेको बताएका हुन् ।

मुलुकको मुख्य शत्रु भ्रष्टाचार, अशिक्षा र गरिबी भएकाले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने उनले बताएका हुन् । 

मन्त्री किराँतीले अब बनाउनु पर्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले नै गर्नुपर्ने बताएका छन्  ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १०:१३
प्रतिक्रिया दिनुहोस्