फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने ग्यासमा मात्रै २३५ रुपैयाँ बढ्यो

बिहीबार, भदौ १४, २०८०

काठमाडौं । फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ।

निगमले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ  र डिजेल र मट्टितेल मा प्रतिलिटर ३  र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाएको हो।

निगमले एक सूचना जारी गर्दै आज मध्यरातिदेखि लागू हुने जनाएको छ ।

निगमले इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर आएकाले नेपालमा पनि पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २२:३९
प्रतिक्रिया दिनुहोस्