नेपालको चुच्चे नक्सा हटाएको विषयमा चीन नजाने बालेनको निर्णय

बिहीबार, भदौ १४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंका मेयर  वालेन्द्र साह (बालेन) ले नेपालसँग सोध्दै नसोधी चुच्चे नक्सा हटाएर बुच्चे कायम गरेर भारतमा देखाएको भन्दै चीनप्रति आक्रोश पोखेका छन् ।

उनले सामाजिक सञ्जालमा नेपाली भूभागलाई भारतको देखाउनु आफूहरुको संवेदनशीलतामिाथ चालेको गलत कदम भन्दै विरोध गरेका हुन् । 

विरोध स्वरुप उनले चीनको निमन्त्रणामा हुँदै गरेको चीन भ्रमणमा नजाने निर्णयसमेत गरेको जनाएका छन् । उनले चीनको निमन्त्रणामा आज हुँदै गरेको पाँच दिने भ्रमण नैतिकताको आधारमा स्थगित गरेको पनि जनाएका छन् । 

यस्तो  लेखेका छन् उनले सामाजिक संजालमा–

‘हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौँ । केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको  नक्सा सार्वजनिक गरेको छ । नेपाली भूभागलाई  चीनले  नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो  संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौँ । त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।

 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्