सञ्चार मन्त्रालयका सचिव पक्राउ

आइतबार, असार २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई प्रहरीले  पक्राउ गरेको छ । 

उनलाई आज ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । 

सचिव राउतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको सीआईबीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्