यी प्रदेशमा वर्षाको सम्भावना

बिहीबार, भदौ १४, २०८०

काठमाडौं ।  देशका  पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा थोरै स्थानहरुमा हल्कादेखि मध्यम र बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । 

राति भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

 

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्