पुर्वाधारका कर्मचारी कुट्ने एमाले नेता र वडाध्यक्ष पक्राउ

आइतबार, असार २४, २०८०
Neuro hospital Nepalgunj

मुगु।  मुगुको पूर्वाधार विकास कार्यालय मुगका निमित्त कार्यालय प्रमुख ईन्जिनियर दत्त बुढ्थापा कार्यालयमै कुटिएका छन् ।  

नेकपा एमालेका नेता कर्णाली प्रदेशसभाका तत्कालीन प्रदेश सभा सदस्य तथा विधायन समितिका सभापतिसमेत रहेका दानसिहं परियार र छायाँनाथ रारा नगरपालिका ६ का वडा अध्यक्ष खेमबहादुर रावलले पूर्वाधार कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख ईन्जिनियर बुढथापामाथि शनिबार हातपात गरेका हुन् ।

चालु आर्थिक वर्ष २०७९/८० को प्रदेश सांसद विकास कोष मार्फत सञ्चालित खर्कदारदेखि रिगामाडु र माथि बालै हुँदै माथतल्लासम्मका दुई योजनाको लागत स्टेमेटअनुसारको काम नभएको र रकम भुक्तानी पूरा दिन दबाब दिँदा आफूले अस्वीकार गरेपछि कार्यालयभित्र हातपात गरेको र कार्यालय तोडफोड गरेको प्रमुख बुढ्थापाको भनाई छ ।

४० लाखको योजनाको १० लाख बराबरको काम भएको र ५० लाखको योजनाको ३० लाख बराबरको काम भएको छ । त्यसैअनुरुप भुक्तानी लिन आग्रह गर्दा उनीहरुले हातपात गरेको उनले बताए । 

मुगुमा काम गर्न असहज भएको बुढाले बताए । प्राविधिकहरुलाई पनि ज्यान मार्ने धम्कीले कर्मचारी त्रासमा छन् । 

यसैबीच हातपातपछि पूर्वसासंद परियार र वडाध्यक्ष रावललाई प्रहरीले शनिबार नै  नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १७:२८
प्रतिक्रिया दिनुहोस्