एसिया कप हेर्न जनकपुरका सबै विद्यालयमा हाफ छुट्टी

बुधबार, भदौ १३, २०८०

जनकपुर। आज दिउँसो नेपाली समयअनुसार  ३:१५ बजे शुरु हुने एसिया कप क्रिकेटका लागि जनकपुरका सबै विद्यालयमा हाफ छुट्टी दिइएको छ। 

आज हुने उद्घाटन खेलमा नेपाल र पाकिस्तानको खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले दिउँसो २ बजेपछि बिदा दिएको हो।

उपमहानगरले खेल हेर्नका लागि एक सूचना जारी गर्दै दिउँसो २ बजेपछि उपमहानगरभित्रका सबै विद्यालय बन्द गर्न निर्देशन दिएपछि सबै बन्द भएका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्