तोलामा ८ सयले बढ्यो सुनको मूल्य

बुधबार, भदौ १३, २०८०

काठमाडौं ।  सुनको मूल्य फेरि बढेको  छ। आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ। नेपाल 

सुनचाँदी व्यवसायी महासंघले योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको जनाएको छ । 

हिजो पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । 

मंगलबार र बुधबार गरी सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढिसकेको छ। 

 

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:३४
प्रतिक्रिया दिनुहोस्