स्कार्पियोमाथि पहिरो खस्दा मृत्यु भएका ३ जनाको सनाखत

बुधबार, भदौ १३, २०८०
Neuro hospital Nepalgunj

पाल्पा । पाल्पामा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेर मृत्यु भएका ३ जनाको सनाखत भएको छ।

आज बिहान गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियोमाथि पाल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला सुक्खा पहिरो खस्दा ३ जनाको मृत्यु भएको थियो। 

जिपमा सवारहरुमा मृत्यु हुने ३ जनामा गुल्मीको रेसुंगा नगरपालिका-७ की ५० वर्षीया मनकला चुँदारा,  पोखरा महानगरपालिका-२५ का ३१ वर्षीय विनोद तिमिल्सेना, जिल्ला प्रहरी कार्यालय गुल्मीका  प्रहरी सहायक हवल्दार यमबहादुर बोहोरा रहेको  जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।  ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। गाडीमा सवारी ८ जना घाइतेहरुको  पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्