पाल्पामा स्कार्पियोमाथि पहिरो अपडेट: ३ जनाको घटनास्थलमै मृत्यु, ८ जना घाइते

बुधबार, भदौ १३, २०८०
Neuro hospital Nepalgunj

पाल्पा । पाल्पामा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्दा ३ जनाको मृत्यु भएको छ। 

आज बिहान गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियोमाथि  पाल्पाको जोर्तेको उकालोमा पहिरो खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार एक महिलासहित ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु भएकाहरुको अझै  सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

गाडीमा सवारी ८ जना घाइते भएका छन् । उनीहरुको प्रहरी र स्थानीयले उद्दार गरि  उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। थप विवरण आउँन अझै बाँकि ।

 

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्