पाल्पामा गुडिरहेको स्कार्पियोमाथि पहिरो खस्यो

बुधबार, भदौ १३, २०८०
Neuro hospital Nepalgunj

पाल्पा । लुम्बिनी प्रदेशस्थित पाल्पामा गुडिरहेको स्कार्पियोमाथि पहिरो खसेको छ । 

प्रहरीका अनुसार गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियोमाथि  पल्पाको जोर्तेको उकालोमा गुडिरहेका बेला पहिरो खसेको हो ।

पहिरोले च्यापिएको अवस्थामा जीपमा सवारमध्ये ८ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार अझै गाडी भित्र अझै ३ जना च्यापिएको अवस्थामा रहेका छन् । उनीहरुलाई अझै  निकाल्न नसकिएको प्रहरीले जानकारी दिएको छ । थप विवरण आउँन बाँकि ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्