बेपत्ता भएका डोल्पाका मेजर पण्डित अझै सम्पर्कविहीन

बुधबार, भदौ १३, २०८०

डोल्पा । आइतबारदेखि सम्पर्कविहीन भएका मेजर विमल पण्डित अझै भेटिएका छैनन् । 

आइतबार साँझ ४ बजेदेखि सम्पर्कविहीन भएका डोल्पा सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति मेजर पण्डित चौतर्फी खोजी गर्दा समेत फेला नपरेको जिल्ला प्रहरी डोल्पाले जनाएको छ। 

आइतबार दिउँसो ४ बजेतिर ब्यारेकबाट घुमेर आउँछु भनी निस्कएका मेजर पण्डित अझैसम्म नफर्किएको हुँदा उनको खोजी कार्य जारी राखिएको डोल्पा प्रहरीले जनाएको छ । मेजर आफै मोबाइल स्विच अफ गरेर आफै निस्किएका हुन् या बेपत्ता नै भएका हुन् भन्ने बारेमा यकिन केही भन्न नसकिने प्रहरीले जनाएको छ।

मेजर पण्डितको खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएपनि अहिलेसम्म नभेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्