काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको बस बर्दाघाटमा दुर्घटना, ७ जना सामान्य घाइते

बुधबार, भदौ १३, २०८०
Neuro hospital Nepalgunj

बर्दाघाट। काठमाडौंबाट नेपालगन्ज जाँदै  गरेको बस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । 

काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ९०११ नम्बरको बस पश्चिम् नवलपरासीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटमा दुर्घटना हुँदा ७ जना सामान्य  घाइते भएको पश्चिम् नवलपरासी प्रहरी प्रमुख एसपी काजीकुमार आचार्यले जानकारी दिएका छन् ।

मंगलबार राति काठमाडौंबाट छुटेको बस आज बिहान साढे ५ बजे अनियन्त्रित भएर बर्दाघाटमा दुर्घटना भएको एसपी आचार्यले बताए।

भे १ ख ९०११ नम्बरको रात्रि बस अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा सामान्य  घाइतेहरुको  चिसापानी अस्पताल बर्दघाटमा उपचारका लागि पठाइएको एसपी आचार्यले भने। बस अनियन्त्रित नै भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्