आज एसिया कपमा नेपाल र पाकिस्तान खेल्दै, नेपाली खेलाडीहरु कमजोर छैनन् : पाकिस्तान

बुधबार, भदौ १३, २०८०

काठमाडौं । आजबाट एसिया कप क्रिकेट शुरु हुँदैछ।  पाकिस्तानको आयोजनामा भइरहेको एसिया कपको १६ औँ संस्करणको पहिलो खेल नेपाल र पाकिस्तानबीच हुँदैछ। 

नेपालले एक दिवसीयको विश्वकै शीर्ष वरीयतामा रहेको पाकिस्तानसँग नेपाली समयअनुसार आज दिउँसो ३:१५ बजे मुल्तान स्टेडियमामा खेल्दैछ । 

विश्वकै एक नम्बर टिमसँग कप्तान रोहित पौडेलले कप्तानी गरेको नेपालले  पाकिस्तानविरुद्ध कडा चुनौती पस्किने अनुमान गरिएको छ।

नेपाल एसिया कप विश्वकै कडा टोली पाकिस्तान र भारतसँग खेल्न लागेको हो । नेपाल पाकिस्तानी खेलाडीका अगाडि कमजोर भएपनि नेपाललाई कडा प्रतिस्पर्धी मानेरै खेल्ने पाकिस्तानी खेलाडीहरुले भनेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्