यस्ता छन् आजका मन्त्रिपरिषद् बैठकका निर्णय....

मंगलबार, भदौ १२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पनेरुलाई महाप्रबन्धकमा  नियुक्त गर्दै  भन्सार विधेयक र विद्युत् विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय समेत गरेको   नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।  

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले  प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने, नेपाल र फिलिपिन्सबीच कुटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन् । 

उनले नेपाल प्रशासन सेवा सामुहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय गरेको छ।

 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्