प्रधानमन्त्री नै अनुसन्धानका क्रममा आउँछ भने पनि छोड्नु हुँदैन– प्रचण्ड

मंगलबार, भदौ १२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । भ्रष्टाचार काण्डको अनुसन्धान निकै नै गम्भीर भएर चलिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । 

आज प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले कोही कसैलाई काखा पाखा नगरिएको भन्दै अनुसन्धानका क्रममा आफू नै कठघरामा जान परे पनि तयार रहेको बताए । 

उनले अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्नु हुँदैन भन्दै ‘मेरो पार्टीका नेताको त के कुरा’ भनेका छन् । 

बजारमा कांग्रेसलाई ठेगान लगाउन नक्कली भुटानी शरणार्थी प्रकरण, नेकपा एसलाई ठेगान लगाउन ललिता निवास जग्गा प्रकरण, एमालेलाई ठीक लगाउन गिरीबन्धु काण्ड र जसपालाई ठीक लगाउन गौर हत्याकाण्डको फाइल पल्टाएको भन्ने आरोप प्रचण्डलाई लगाइएकामा उनले उक्त जवाफ दिएका हुन् । 

 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १२:५४
प्रतिक्रिया दिनुहोस्