दिउँसो ३ बजे बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित

आइतबार, असार २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । पुनः  आज दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक सूचना टाँसेर सोमबारका लागि सारिएको छ । 

आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सोमबार दिउँसो ३ बजे बस्नेगरी सारिएको थियो ।  तर पछि सूचना टाँसेर आइतबारको बैठक स्थगित गरिएको हो।

यसअघि  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा सभामुख देवराज घिमिरेले आइतबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक दुई घण्टा पछि सारिएको थियो । 

संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको टाँसेको सूचनामा सोमबार दिँउँसो ३ बजे बस्नेगरी आइतबारको बैठक सारिएको उल्लेख छ । 

बैठक संचालनका लागि दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सिंहदरबारमा छलफल भएको थियो । 

Screenshot_20230709-152332_Gallery1688895556.jpg

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्