तीन जना सहसचिव सचिवमा बढुवाका लागि सिफारिस

मंगलबार, भदौ १२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सरकारका तीन जना सहसचिवहरु  निजामती सेवाको विशिष्ट श्रेणी सचिव पदको बढुवाका लागि सिफारिस भएका छन् । 

सहसचिवहरु दिनेशकुमार घिमिरे, राधिका अर्याल र चुडामणि पौडेललाई  बढुवा समितिको बैठकले  सचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

सहसचिव घिमिरे हाल चीनको छेङ्दुस्थित महावाणिज्यदूतावासमा महावाणिज्य दूतका रुपमा कार्यरत छन् । त्यस्तै सहसचिव अर्याल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रवक्ता हुन् । पौडेल  शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक छन् ।

तीन जना मध्ये घिमिरे सबैभन्दा वरिष्ठतामा अघि छन् । यी तीन मध्येबाट बढुवा समितिले एक जनालाई सचिवमा बढुवा गर्नेछ।

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्