बसन्त योगीको तीज गीत “कल्ले खायो दर” सार्वजनिक

सोमबार, भदौ ११, २०८०

काठमाडौं । संचारकर्मी तथा गीतकार बसन्त योगीको तीज गीत “कल्ले खायो दर” सार्वजनिक भएको छ ।

नेपाली मौलिकतालाई समेटेर तैयार गरिएको गीत नेपाल बार एसोसियसनका पूर्व कोषाध्यक्ष एवं बरिष्ठ अधिबक्ता मोहन ईङनामले बिमोचन गरेका हुन् ।
अनु चौधरीले स्वर दिएको गीतको शव्द बसन्त योगीको रहेको छ । भने संगीत तथा एरेन्ज पुस्कर सुनुवारले गरेका छन् ।

चर्चित मोडेल अन्जली अधिकारी र करिष्मा ढकालको मुख्य अभिनय रहेको गीतमा आमाको भुमिका कृष्ण कुमारी महतले निभाएकी छन् । प्रशान्त मगरले डाईरेक्सन गरेको गीतको अजय रेग्मीले छाँयाङ्कन र प्रविन भट्टले इडिटिङ गरेका हुन् ।
चलन चल्तीको साधारण शव्द जोडेर बनाईएको गीत नेपाली नारीहरुको भावनालाई समेटेर तैयार गरिएको छ ।

नेपाली मौलिकता देखाउन खोजिएकोले पनि गीत दर्शक श्रोताले मन पराईदिने निर्मातको बिश्वास छ।

यसमा गएर गीतको भिडीयो हेर्न सकिन्छ ।

https://youtube.com/watch?v=9V7GKbGiQrk&si=1Ox3Fit7VnnEM7mE

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १५:१३
प्रतिक्रिया दिनुहोस्