मोटरसाइकल दुर्घटनामा प्रदिपको मृत्युु

सोमबार, भदौ ११, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्जमा  मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ बिशालनगर चोकमा गएराती लु ८२ प ६४६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक नेपालगन्ज-१८ का ३६ वर्षीय प्रदिप थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्