एसिया कप खेल्न सन्दीप लामिछाने पाकिस्तान प्रस्थान

सोमबार, भदौ ११, २०८०

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान प्रस्थान गरेका छन् । लामिछाने आज पाकिस्तान गएका हुन् । 

आज बिहान उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बिदाइ गरेका थिए। 

अहिले टिम लयमा रहेको भन्दै आफू पाकिस्तान र भारतसँग खेल्न तयार रहेको उनले बताएका छन्  । 

नेपालले एसिया कपमा ३० अगस्टमा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

 

 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्