सर्पदंशबाट बाँकेमा एक महिलाको मृत्यु

सोमबार, भदौ ११, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । बाँकेमा सर्पदंशबाट एक जनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका वडा नम्बर ५ स्थित लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँकी विद्यालय सहयोगी ३० वर्षीया सरिता चमारको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।

भदौ ५ गते राती ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई सर्पले टोकेको थियो ।  विहान चमार गम्भीर अवस्थामा भेटिएपछि उपचारका लागि भेरी अस्पताल पुर्‍याइएको थियो  । 

उपचारका क्रममा पाँच दिनपछि आइतबार बेलुका करिब ८ बजेतिर उनको मृत्यु भएको भेरी अस्पतालले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्