एसिया कप खेल्न सन्दीप लामिछाने भोलि पाकिस्तान जाँदै

आइतबार, भदौ १०, २०८०

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेको मुद्दा हेर्न नभ्याइने भन्दै पेशी पछि सारेपछी क्रिकेटर लामिछाने एसिया कप खेल्न पाकिस्तान जाने भएका छन् ।

अदालतले लामिछानेको मुद्दाको पेशी भदौ २१ गतेलाई  सारेपछि लेग स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न भोलि  पाकिस्तान जाने भएका हुन् ।

एसिया कप क्रिकेट यही भदौ १४ गते बिहीबारदेखि शुरु हुँदैछ । नेपालको पहिलो खेल पाकिस्तानसँग नै बिहीबार हुँदैछ ।

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्