काठमाडौंबाट अमेरिकन पेस्तोलसहित एक युवक पक्राउ

आइतबार, भदौ १०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । काठमाडौंबाट प्रहरीले एक युवकलाई अटोमेटिक पेस्तोलसहित पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योगमा पाँच वर्ष जेल सजाय भोगेर ०७१ मा कैदमुक्त भएका काठमाडौं महानगरपालिका-७ का २८ वर्षीय सुलभ भनिने सुरज श्रेष्ठलाई प्रहरीले मेड इन युएसए’ लेखिएको १ थान पेस्तोल र त्यसमा लाग्ने चार राउन्ड ९ एमएम गोली र एकथाना म्यागजिनसहित प्रहरीले पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सुरज लागुऔषधको कारोबार तथा गुण्डागर्दीमा पनि संलग्नता रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति ८ बजे ‘ बुढानीलकण्ठ नगरपालिका-४ पासिकोटबाट पेस्तोलसहित पक्राउ परेका सुरजलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

 

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्