आज भएन सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ

आइतबार, भदौ १०, २०८०

काठमाडौं । नाबालिग बलात्कार मुद्धा खेपिरहेका क्रिकेट खेलाडी सन्दीप लामिछाने विरुद्धको आजको पेशी पनि स्थगित भएको छ ।

न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा राखिएसँगै यो मुद्धाको छिनोफानो लम्बिएको हो । 

एक वर्षदेखिको यो मुद्धा सरिरहँदा पीडितले भने थप पीडा भोग्नुपरेको छ । सन्दीपमाथि जबरजस्ती करणीको मुद्धा चलिरहेको छ । 

यसअघि उनले सहुलियत पाउँदै आएका छन् । राष्ट्रिय टिमका खेलाडीसमेत रहेका उनलाई क्रिकेट खेल्नका लागि अदालतले विदेश जाने छुट दिएको थियो । 

एसिया कप क्रिकेट यही भदौ १४ गते बिहीबारदेखि शुरु हुँदैछ । नेपालको पहिलो खेल पाकिस्तानसँग नै बिहीबार हुँदैछ । तर अहिलेसम्म उनको मुद्धाको छिनोफानो भएको छैन । पीडित युवती भने अस्वस्थ्य रहेकोसमेत बताइएको छ । 

यसअघि साउन ३२ गते सुनुवाइ भएको थियो । उक्त दिन काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीकी आमाको जन्म मिति प्रमाणीकरण गर्न आदेश दिएको थियो । 

 

 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:१२
प्रतिक्रिया दिनुहोस्