ललिता निवास जग्गा प्रकरणमा २९० जनाविरुद्द मुद्दा दर्ता

आइतबार, भदौ १०, २०८०

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा  प्रकरणमा  २९० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। ।

वकिल कार्यालयले  पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार पूर्वमन्त्री, बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, ६ पूर्वसचिवसमेत २९० जनाविरुद्द आज मुद्दा दर्ता गरेको हो। 

उनीहरुविरुद्ध आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको हो । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार उनीहरूमाथि कीर्तेमा मुद्दा दायर भएको हो । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले २८६ जनाविरुद्ध कीर्ते र संगठित अपराधमा मुद्दा चलाउन राय दिएकामा जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार २९० जनाविरुद्ध अभियोजन गर्ने निर्णय गरी अदालत गएको हो । तर सरकारी वकिलको कार्यालयले कीर्तेमा मात्र मुद्दा चलाएको हो । 

सीआईबीले सरकारी वकिल कार्यालयलाई ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईलाई साक्षी बनाएर र सचिव राउतलाई मुद्दा नचलाउने राय दिएपनि सरकारी वकिल कार्यालयले राउतलाई प्रतिवादी बनाउदै  किर्तेको कसुरमा मुद्दा दर्ता गरेको हो।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्