किरण नाला र महेन्द्र तालमा डुबेर दुई युवकको मृत्यु

शनिबार, भदौ ९, २०८०

नेपालगन्ज । बाँकेमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । जानकी गाउँपालिका–४ गिजराका २१ वर्षीय किरण बर्माको बेलहनिया नालामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए ।

साथीसँग खोलामा नुहाउन गएका बेला आज दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए । बेपत्ता बर्माको शव प्रहरीको टोलीले निकालेको थियो ।

यस्तै, पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१ कौशिलानगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ ।

बैजनाथ गाउँपालिका–३ एलबी चोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले बताए । मृतक सार्कीसँगै पौडी खेल्न गएका अन्य दुई जना फरार भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १९:५९
प्रतिक्रिया दिनुहोस्