नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सानू ताम्रकारको निधन

शनिबार, भदौ ९, २०८०

काठमाडौँ । नेपालका वरिष्ठ कलाकार सानु ताम्रकारको निधन भएको छ । नेपाल फिल्म सोसाइटीका कार्यकारी सदस्य एवं नेपाल चलचित्र कलाकार संघका पूर्व कार्यवाहक अध्यक्षसमेत रहेका ताम्रकारको आज निधन भएको हो । 

पुत्र वियोगमा परेका ताम्रकारको शनिबार निधन भएको हो । उनका छोरा नायक सारुक ताम्रकारको केही समयअघि निधन भएको थियो। सारुकले आत्महत्या गरेका थिए । 

त्यो घटनापछि उनी आईसीयूमा भर्ना भएका थिए । सानुको उपचारका क्रममा शनिबार नर्भिक अस्पतालमा निधन भएको हो ।

नर्भिक अस्पतालमा उपचारका लागि भर्ना भएको २८ औँ दिनमा उनको निधन भएको हो । ७५ वर्षीय ताम्रकार मृगौलामा समस्याबाट पीडित थिए ।शास्त्रीय नृत्यमा पारंगत ताम्रकारले दर्जनौँ नेपाली फिल्ममा अभिनय गरेका थिए ।

उनको निधनसँगै पुत्र बियोगमा रहेको बेला अस्पताल भर्ना भएका ताम्रकार परिवार थप शोकमा परेको छ ।  उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्