सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । लमही नगरभित्रको फोहोर व्यवस्थापनका बारेमा छलफल भएको छ ।
दिगो विकास लक्ष्य स्वैच्छिक पुनरावलोकन प्रतिवेदन निर्माणको काम गर्दै आएको युएनडिपिका प्रतिनिधिसँग पालिकाले फोहोर व्यवस्थापन सम्बन्धि छलफल गरेको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले जानकारी दिएका छन् ।
फोहरलाई मोहोरमा परिणत गर्न सके सबैलाई फाइदा पुग्ने बताउदै फोहोर बस्तुबाट प्राङ्कारिक मल उत्पादन गर्न सकिने, ग्यास उत्पादन गर्न सकिने भन्दै नगरपालिकाले यो विषयमा अध्ययन थाल्ने प्रमुख चौधरीले भने ।
कुनैपनी काम गर्दा योजना पुर्व तयारी आवश्यक हुन्छ, एक पटक काम गरेपछि फेरि त्यो कामलाई बिगारेर गर्नु पर्ने परिपाटी बसेको छ, यसले गर्दा हाम्रो वजेट र समय खेर गैरहेको हुन्छ, यो कुरामा सबैको ध्यान जान जरुरी रहेको नगरप्रमुख चौधरीले बताए ।
लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले समृद्ध नगरपालिका बनाउनका लागि सबै शाखाका कर्मचारीहरुको महत्त्वपूर्ण भुमिका रहने बताईन ।
किसानलाई समयमा मल पुर्याउन नसकेको भन्दै फोहोरलाई मलमा परिणत गरेर किसनलाई मल बितरण गर्न सकिने कुरामा योगीले जोड दिइन ।
नगरपालिका सफल भएमा सबैको नाम जोडिने भन्दै नगरपालिकाको विकासको लागि तनमन लगाएर अगाडी बढ्न कर्मचारीहरुलाई उनले आग्रह गरिन ।