धरान प्रवेश गर्ने नाकामा सयौंको संख्यामा सुरक्षाकर्मी परिचालन

शनिबार, भदौ ९, २०८०

विराटनगर । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै धरानमा स्थानीय प्रशासनले  सुरक्षा व्यवस्था कडा पारेको छ ।

सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले धरानमा गए रातिदेखि नै निषेधाज्ञा गरेको छ ।

निषेधाज्ञा जारी भएकोले अहिले धरान शान्त छ । धरान प्रवेश गर्ने नाकामा कडाइ गरिएको छ । बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ ।सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले धरानमा अवस्था सामान्य भएको त

धरानमा निषेधाज्ञा भएपछि हिन्दूवादीहरूले भने इटहरीमा प्रदर्शन गरिरहेका गरेका छन् ।

प्रदर्शनका लागि विराटनगर लगायत देशभरबाट अभियान्ताहरु गाडी रिजर्भ गरेर घरान गइरहेका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्