लुम्बिनीका मुख्यमन्त्रीले किन गरे आफू प्रमुख अतिथी रहेको कार्यक्रम बहिस्कार !

शनिबार, भदौ ९, २०८०
Neuro hospital Nepalgunj

रुपन्देही । लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रममा नेपाली भूमिमा विदेशी राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै बहिस्कार गरेका छ्न । 

रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको शुक्रबारको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिस्कार गरेका हुन ।

प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागि हुनु भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशीगीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका थिए ।

नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियता प्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्कीएको मुख्यमन्त्री चौधरीले बताए ।

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्