नेपालगन्ज उद्योग वाणिज्य संघमा तालाबन्दी, मतगणनास्थलमा नारावाजी

शुक्रबार, भदौ ८, २०८०

नेपालगन्ज । विवादित बनेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन अन्तर्गत महासचिव पदको मतगणना गर्न ढिलाई गरेको भन्दैं साझा प्रजातान्त्रिक उद्योगी व्यवसायिहरुको समुहले नेपालगन्ज उद्योग वाणिज्य संघमा तालाबन्दी गरेको छ । 

महासचिव पदको आफना उम्मेदवार टंक प्रसाद शर्मालाई सुनियोजित तरिकाले पराजित गरिएको भन्दैं त्यसको बिरुद्धमा शुक्रबार साझ संघको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिएको हो । 

निर्वाचन आयुक्त टिकाजंग सिंहले सम्पुर्ण मतपत्र गणना नभएको अवस्थामा नतिजा सार्वजनिक गरेको भन्दैं त्यसको विरुद्धमा संघमा अनिश्चितकालिन तालाबन्दी गरिएको नवनिर्वाचित कोषाध्यक्ष मख्खन धामीले बताए । 

ताला लगाउने क्रममा उनले भने,‘निर्वाचन आयोगको जुन किसिमको रबैया छ, एकपक्षिय रुपमा निर्णय गरिएको छ । त्यसको बिरोध गरिएको हो । निर्वाचन टिमले स्वच्छ र धाधलीरहित निर्वाचन सम्पन्न गर्नु पर्ने हो । तर निर्वाचन आयोगले त्यस्तो नगरीकन हाम्रा उम्मेदवारलाई सुनियोजित रुपमा पराजित गरिएको छ ।’

महासचिव पदको पुनः मतगणना नहुँदा सम्म साझा प्रजातान्त्रिकबाट विजेता बनेका पदाधिकारी र सदस्यहरुले सपथ नलिने धामीले घोषणा गरे । उनले अगाडी भने,‘हाम्रो आन्दोलन अनिश्चितकालिन रुपमा सुरु भएको छ । प्रमुख निर्वाचन आयुक्तको गलत क्रियाकलापको हामी घोर भत्र्सना गछौं ।

यो न्यायको लडाईमा सरिक हुन हामी सम्पुर्ण नेपालगन्जवासी र संघका साधारण सदस्यहरुलाई अपिल गर्दछौं । सत्यको जित हुनु पर्छ । हामीलाई हार पनि स्वीकार्य छ, जीत पनि स्वीकाय छ । तर त्यो मतदाताले मतदान गरेको मतपत्रबाट हुनु प¥यो ।’

यसैबीच मतगणनास्थल नेपालगन्ज रंगशालामा पनि ताला लगाउन खोज्दा प्रहरी र प्रजातान्त्रिक समूहबीच धकेलाधकेल भएको छ। समूहका नेता कार्यकर्ताहरुले निर्वाचन कमिटी र प्रहरीविरुद्द नारावाजी गरेका छन् 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  २०:५६
प्रतिक्रिया दिनुहोस्