मिटरब्याजको कानुन निष्क्रिय बनेपछि पीडितले सुरु गरे प्रदर्शन

आइतबार, असार २४, २०८०

काठमाडौं । मिटरब्याज पीडितहरुले मिटरब्याज विरुद्धको कानून पारित गराउन दबाब दिँदै प्रदर्शन गरेको छ । आज दिउँसो पीडितहरुले माइतीघरबाट मार्चपासहित नयाँ बानेश्वर पुगेर प्रदर्शन गरेका हुन् । 

उनीहरुले संसद अवरोध गर्ने एमाले, रास्वपा र राप्रपालाई गाली गरेका छन् । विगत एक सातादेखि नेकपा एमालेले संसद अवरोध गरिरहेको छ ।

संसद अवरोधकै कारण संसदमा दर्ता भएको मिटरब्याज सम्बन्धी अध्यादेश निष्कृय भएको थियो । 

मिटरब्याज सम्बन्धी अध्यादेश निष्कृय भएपछि मिटरब्याज पीडितहरुले प्रदर्शन गर्दै  नाराबाजी गरेका हुन् । 

 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १४:३२
प्रतिक्रिया दिनुहोस्