नेपालगन्जको डुबानमा फसेका १२ जनाको उद्दार

शुक्रबार, भदौ ८, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकामा डुबानमा फसेका ४ परिवारको उद्दार गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० गायत्रीनगरको सुकुम्वासी टोलका ४ परिवारका १२ जनालाई उद्दार गरिएको आपतकालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । 

एक सातादेखि परेको अविरल वर्षाका कारण झरनको पानी बढेर डुबान हुँदा आफ्नै घरमा फसेका उनीहरूलाई सशस्त्र प्रहरी बलले सकुशल सुरक्षित स्थानमा सारेको हो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्