डोनाल्ड ट्रम्पले गरे जेलमै गएर आत्मसमर्पण, २ लाख डलर धरौटी तिरेर रिहा

शुक्रबार, भदौ ८, २०८०

काठमाडौं । डोनाल्ड ट्रम्पले जेलमै गएर आत्मसमर्पण गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले जर्जियास्थित एटलान्टाको फुल्टन काउन्टी जेलमा आत्मसमपर्ण गरेका हुन् । 

सन् २०२० जर्जिया चुनावको नतिजा उल्ट्याउन खोजेको आरोपमा चौथो मुद्धा खेपिरहेका पूर्व राष्ट्रपति ट्रम्पले आत्मसमर्पण गरेका हुन् ।

उनले आत्मसर्मपण गरे लगत्तै जेल अधिकारीहरूले उनलाई पक्राउ गरी फुल्टन काउन्टी जेलमा नजरबन्दमा राखे। तर पछि ट्रम्पलाई २ लाख डलरको धरौटीमा रिहा गरिएको थियो । यसपछि मात्रै उनी न्यू जर्सी गएका थिए ।

यस वर्ष पूर्वराष्ट्रपतिले आफूमाथि लागेको फौजदारी अभियोगमा स्थानीय वा संघीय अधिकारीसमक्ष आत्मसमर्पण गरेको यो चौथो पटक हो । 

समाचार अनुसार ट्रम्पले आत्मसमर्पण गर्नु अघि उनका समर्थकहरु ठूलो संख्यामा जेलबाहिर भेला भएका थिए र विरोध प्रदर्शन गरिरहेका थिए । पूर्व राष्ट्रपतिका समर्थकले जिल्ला न्यायधिवक्ता फ्यानी विलिसविरुद्ध नाराबाजी गरेका थिए ।

यसअघि ट्रम्पले सन् २०२० मा हुने निर्वाचनलाई उल्टाउने योजना बनाएको आरोपमा जर्जिया राज्यका जेल अधिकारीसामु आत्मसमर्पण गर्न तयार रहेको बताएका थिए । 

सन् २०२० मा ट्रम्पविरुद्ध जर्जियाको चुनावी नतिजा उल्टाउने षड्यन्त्र सहित दर्जनभन्दा बढी मुद्दा दर्ता भएका छन् । यस मामिलामा ट्रम्प र अन्य १८ जनालाई आरोप लगाइएको छ।

उनी सन् २०२४ मा राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीको प्रमुख उम्मेदवार बनेका छन्। तर अदालतमा उनको उपस्थिति निकै छोटो हुने सम्भावना छ । फुल्टन काउन्टी अभियोजन पक्ष ट्रम्प विरुद्धको चौथो आपराधिक मुद्दा हो, जब उनी अमेरिकी इतिहासमा दोषी ठहर हुने पहिलो पूर्व राष्ट्रपति बनेका थिए।

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०८:५९
प्रतिक्रिया दिनुहोस्