आज पनि यी प्रदेशमा भारी वर्षा

शुक्रबार, भदौ ८, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज पनि देशभर वर्षा भइरहेको जनाएको छ।

आज   कोशी, मधेस, बागमती , गण्डकी  र लुम्बिनी  प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशको  एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको  समेत सम्भावना रहेको छ।

आज राति भने कोशी, मधेस, बागमती र गण्डकी  प्रदेशका  केही  स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस,  बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

अविरल वर्षाका कारण आउन सक्ने बाढी - पहिरोबाट सतर्कता अपनाउन विभागले जनाएको छ।

 

 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०८:४३
प्रतिक्रिया दिनुहोस्