प्रेस युनियन बाँकेको प्रियास्मृति नेतृत्वको नवनिर्वाचित टिमलाई पद हस्तान्तरण

बिहीबार, भदौ ७, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँकेको नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण र पद हस्तान्तरण गरिएको छ ।

निर्वाचन समिति संयोजक अधिवक्ता जनकबहादुर शाहीले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका थिए । युनियन बाँके अध्यक्ष अर्जुन ओलीले नवनिर्वाचित अध्यक्ष प्रियास्मृति ढकाललाई पद हस्तान्तरण गरेका थिए ।

सचिव विजय मल्लले नवनिर्वाचित सचिव भीष्म लोधलाई माइन्युट तथा नवनिर्वाचित कोषाध्यक्ष खडकबहादुर खत्रीलाई हिसाबकिताब र चेक बुक हस्तान्तरण गरिएको थियो ।

साउन २७ गते सम्पन्न १२औं जिल्ला अधिवेशनबाट प्रियास्मृति ढकाल अध्यक्ष, उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष (समावेशी) निशा शाह, सचिव भीष्म लोध, सहसचिव माया अधिकारी र कोषाध्यक्षमा खडकबहादुर खत्री निर्वाचित भएका थिए । यसैगरी सदस्यहरुमा विक्रम बुढा क्षेत्री, समीर शाही, रामप्रसाद आचार्य, मार्शलराज सन्ज्याल, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रवि कनोजिया, सलामत अली शेष, प्रेमसिंह एसके र सुकराम चिडिमार निर्वाचित भएका थिए।

प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नवीन गिरी, प्रदेश सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईं, प्रदेश सदस्य मो.आरिफ अन्सारी, नेपाल पत्रकार महासंघ बाँकेकी उपाध्यक्ष करुणा शाह लगायत उपस्थित थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  २०:५८
प्रतिक्रिया दिनुहोस्