स्कुल बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु

बिहीबार, भदौ ७, २०८०
Neuro hospital Nepalgunj

जनकपुर । स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जनकपुरधामको मिथिला इन्ष्टिच्युट अफ टेक्नोलोजीको बा २ क १५३६ नम्बरको बसले ज ८ प ९२६७ मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जलेश्वर- ९ का ३५ वर्षीय सन्तोष यादवको मृत्यु भएको  प्रहरीले जानकारी दिएको छ।

विद्यार्थी सवार उक्त बसले आज जनकपुर-जलेश्वर सडक खण्डमा मोटरसाइकललाई ठक्करबाट गम्भीर घाइते भएका चालक यादवको उपचारका क्रममा मृत्यु भएपछि विरोधमा स्थानीय बासिन्दाले सडक बन्द गराएका छन् ।

मोटरसाइकललाई ठक्कर दिने बसका चालक फरार रहेपनी उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्