काठमाडौंसहित देशका विभिन्न स्थानबाट २६ जना जुवाडे पक्राउ

बिहीबार, भदौ ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रहरीले काठमाडौं लगायत देशका विभिन्न स्थानबाट प्रहरीले २६ जना जुवाडेलाई पक्राउ गरेको छ। 

प्रहरीको टोलीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेव डेरा गरी बस्ने सिन्धुपलान्चोक मेलम्ची नगरपालिका-९ की ३८ वर्षीय सागर लामाको कोठामा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सन्जु श्रेष्ठ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९४ हजार ८ सय २५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । 

त्यस्तै प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानीस्थित अमृता मगरको टहरोमा जुवातास खेलिरहेको अवस्थामा दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २५ वर्षीय प्रदिप लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधरमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ७ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  

यसैगरी जिल्ला प्रहरी सुर्खेतले वीरेन्द्रनगर नगरपालिका-३ एरिचोकस्थित न्यू पञ्चकोशी दुल्लु खड्का होटलमा जुवातास खेलिरहेको अवस्थामा दैलेख दुल्लू नगरपालिका-७ घर भएका ४६ वर्षीय दिनेश हमाल समेत १३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १९ हजार ९ सय रूपैयाँ, ५ बुक तास र मोबाइल १५ थानसहित पक्राउ गरेको हो । 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्