कोशी सरकारविरुद्दको रिट न्यायाधीश खतिवडाको इजलासमा

बिहीबार, भदौ ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । कोशीका मुख्यमन्त्रीलाई दिइएको  विश्वासको मतविरुद्धको सर्वोच्चमा परेको रिट  न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

बुधबार नेकपा एमाले संसदीय दल कोशीका नेता हिक्मतकुमार कार्कीले कोशी सरकारबिरुद्ध सर्वोच्चमा दायर गरेको रिटको आज पेशी तोकिएको हो।

प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेश सभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्