अझै दुई दिन झरी, शनिबारदेखि मौसम खुल्ने

बिहीबार, भदौ ७, २०८०

काठमाडौं । मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले देशभर मनसुनी वर्षा अझै केही दिन जारी रहने बताएको छ। शुक्रबारसम्म रहने वर्षा शनिबारदेखि भने मौसममा सुधार आउने  महाशाखाकाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पशिचम क्षेत्रबाट मौसम सुधार हुदैँ जानेछ”, मौसमविद् पौडेलले भने ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्