रुसी विद्रोही समूहका प्रमुख येवगेनी जहाज दुर्घटनामा मारिएको आशंका

बिहीबार, भदौ ७, २०८०

काठमाडौं । रुसी विद्रोही समूह वाग्नरका प्रमुख सवार विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको आशंका गरिएको छ।  रुसको राजधानी मास्कोको उत्तरमा वाग्नर प्रमुख येवगेनी प्रिगोजिनसहित १० जना सवार निजी विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको बताइएको छ।

रुसी उड्डयन एजेन्सीले दुर्घटनाग्रस्त विमानमा वाग्नर प्रमुख सवार रहेको पुष्टि गरेको छ । एजेन्सीका अनुसार वाग्नर चीफ प्रिगोजिन दुर्घटनाग्रस्त विमानमा सवार थिए र दुर्घटनामा कुनै यात्रु बाँचेनन् । 

यसअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दुर्घटनाग्रस्त विमानमा सवार यात्रुहरूको सूचीमा वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनको नाम पनि समावेश भएको दाबी गरेका थिए । मास्कोबाट सेन्ट पिटर्सबर्ग जाँदै गरेको विमानमा सात जना यात्रु र तीन जना चालक दलका सदस्य रहेको मिडिया रिपोर्टले जनाएको छ ।

रुसको सरकारी समाचार एजेन्सी टासले अधिकारीहरूलाई उद्धृत गर्दै विमानमा तीन पाइलट र सात यात्रु रहेको बताएको छ। दुर्घटनाको अनुसन्धान भइरहेको छ । 

उही समयमा सोशल मिडिया टेलिग्राममा अपुष्ट रिपोर्टहरूले विमानलाई रूसी वायु रक्षा बलले खसालेको दाबी गरिरहेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्