कोशी सरकारविरुद्द परेको रिटको आज पेशी

बिहीबार, भदौ ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एमाले संसदीय दल कोशीका नेता हिक्मतकुमार कार्कीले कोशी सरकारबिरुद्ध सर्वोच्चमा दायर गरेको रिटको आज पेशी तोकिएको छ । 

नेता कार्कीले सर्वोच्च अदालतमा बुधवार रिट दर्ता गरेसँगै आजका लागि पेशी तोकिएको हो । 

प्रदेश सभाका सभाध्यक्षले समेत मतदान गरी विश्वासको मत लिनु संविधान र सर्वोच्च अदालतको आदेश विपरीतको कार्य भएको भन्दै एमाले कोशी प्रदेश सभा संसदीय दलका नेता कार्कीले परमादेशको माग गर्दै बुधवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०९:५८
प्रतिक्रिया दिनुहोस्