चुरियामाई बस दुर्घटनामा मृत्यु भएका ७ जनाको सनाखत [नामावलीसहित]

बिहीबार, भदौ ७, २०८०
Neuro hospital Nepalgunj

बारा। बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका  ७ जनाको सनाखत भएको छ।

आज बिहान १ बजे काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको तीर्थयात्री बोकेको बस जीतपुरसिमरा उपमहानगरपालिका- २२ चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा  हुनेमा ६ जना  जना भारतीय नगरिकहरूमा राजस्थानका ६७ वर्षीय बहादुर सिंह,  ७०वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देबी, ६० वर्षीया सत्यवती,  र एक  जना नेपालीमा महोत्तरीको लोहारपटी-५ का ४१ वर्षीय विजय लाल पण्डित रहेका छन् ।

प्रहरीका अनुसार बस चुरियामाई मन्दिरबाट करिव १०० मिटर दक्षिणतर्फको खोलामा खसेको हो । बस दुर्घटनामा १९ जना घाइते भएका हुन् ।

घाइतेहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जानकारी दिएको छ। बस चालक भने दुर्घटनापछि फरार भएको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०९:५२
प्रतिक्रिया दिनुहोस्