लगातारको संसद अवरोध खुलाउन शिर्ष तीन दलका नेता सिंहदरबारमा

आइतबार, असार २४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा नेकपा एमालेले गरेको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक जारी छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसुरहेको  बैठकमा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

गत बुधबारदेखि दुबै संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध गरेका कारण अगाडि बढ्न सकेको छैन । अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ । 

यस्तै, अन्य महत्वपूर्ण विधेयकहरु समेत अगाडि बढ्न सकेको छैन । राष्ट्रियसभाको आजको बैठक पनि एमालेको विरोधपछि सोमबार बिहान ११:१ बजेसम्मका लागि स्थगित भएको छ । 

यसअघि आज बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तागठबन्धनमा आबद्ध दलहरुको बैठकमा समसामयिक विषयमा छलफल भएको थियो । बैठकमा  संसद्को अवरोध हटाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ । 

 

 

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्