तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, १९ घाइते

बिहीबार, भदौ ७, २०८०
Neuro hospital Nepalgunj

बारा। बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका- २२ चुरियामाईमा काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेश प्रदेश-०३-००१ ख ७९९४ नम्बरको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी बाराले जनाएको छ।

आज बिहान १ बजे दुर्घटना भएको बसमा सवार ६  भारतीय र १ जना नेपाली रहेको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा ४ महिला र ३ पुरुष रहेका छन् ।

प्रहरीका अनुसार  बस चुरियामाई मन्दिरबाट करिव १०० मिटर दक्षिणतर्फको खोलामा खसेको छ । बस दुर्घटनामा १९ जना घाइते भएका छन् ।

उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको बारा प्रहरीले जानकारी दिएको छ। बस चालक भने दुर्घटनापछि फरार भएका छन् । 

 

 

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्