कांग्रेस नेता राजाराम कार्कीको निधन

बिहीबार, भदौ ७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । पूर्व सांसद तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा.  राजाराम कार्कीको निधन भएको छ । 

बागमती प्रदेशका पूर्व सांसदसमेत रहेका कार्कीको बुधबार  साँझ उपचारका क्रममा काठमाडौंस्थित वीर अस्पतालमा निधन भएको हो । 

सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा  स्व. नेता कार्कीको शवलाई श्रद्धाञ्जलीका लागि आज  बिहान ९ देखि ११ बजेसम्म  राखिने नेपाली कांग्रेसले जनाएको छ।

स्व. नेता कार्की कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व महासचिवसमेत हुन् ।

प्रकाशित मिति: बिहीबार, भदौ ७, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्